दफा ४
युवा, महिला तथा बाल बालिकाहरुमा सूचना तथा सञ्चार प्रविधि
११.४.१. सूचना तथा सञ्चार प्रविधिलाई युवा, महिला तथा बाल बालिका सम्बन्धी विषयहरु मूल प्रवाहीकरण गर्ने माध्यमको रुपमा स्थापित गर्दै लगिनेछ । सूचना तथा सञ्चार प्रविधिजन्य योजनाहरु कार्यान्वयनका क्रममा सिर्जना हुने अवसरहरु द्वारा उक्त समुहको सशक्तीकरण गरिनेछ ।
११.४.२. महिला एवं युवा लक्षित सूचना तथा सञ्चार प्रविधि जन्य कार्यक्रमलाई विशेष प्राथमिकता प्रदान गरिनेछ । साथै बञ्चितीकरण तथा विपन्नवर्गमा परेका समुदायहरुको लागि सूचना तथा सञ्चार प्रविधिमा पहुँच सुनिश्चित गर्न विशेष कार्यक्रमहरु लागू गरिनेछ ।
११.४.३. सूचना प्रविधिको पहुँच तथा प्रयोगमा लैङ्गिक असमानताको अवस्था निराकरण गरिनेछ ।
११.४.४. युवा तथा महिलासंग सरोकार राख्ने विषयहरुमा विचार आदान प्रदान सहज बनाउन सूचना तथा सञ्चार प्रविधिमा आधारित प्लेटफर्महरु निर्माण गर्न प्रोत्साहन गरिनेछ ।
११.४.५. सूचना समाज निर्माणमा महिला तथा युवा वर्गको सहभागिता सुनिश्चित गरिनेछ ।
११.४.६. लैङ्गिक हिसा रोकथाम गर्नका साथै लैङ्गिक हिंसाजन्य क्रियाकलाप निरुत्साहित गर्न सूचना तथा सञ्चार प्रविधिको सिर्जनात्मक प्रयोग गर्न प्रोत्साहित गरिनेछ ।